रियल र मिलानलाई उछिन्दै रासफोर्ड भित्र्याउने बार्सिलोनाको तयारी

बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने तयारी गरेको छ । बार्सिलोनाका कट्टर प्रतिद्वन्दी रियल मड्रिडमा रासफोर्डलाई जान नदिनको लागी अनुबन्ध गर्ने तयारी गरेको खरब बाहिरिएको छ । रोसफोर्डलाई रियलले भित्र्याउन विशेष चासो देखाएको छ । अहिले रासफोर्डमाथि रियल र एसी मिलानले भित्र्याउन प्रयास गरिरहेका छन् ।

यो सिजन युनाइेटका लागि ५ गोल गरेका रासफोर्ड यसअघिका प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा सन्तुष्ट रहेका थिए, भने हालका प्रशिक्षक ओले गुन्नार सोलस्करसँग काम गर्न इच्छुक नरहेको चर्चा छ । यसर्थ पनि उनले युनाइटेड छाड्ने सम्भावना बढी छ ।यतिबेला युनाइटेडमा रासफोर्डको विकल्पमा एलेक्सिस सान्चेज, रोमेलु लुकाकु, एन्थोनी मार्सियाल, जेसी लिंगार्डजस्ता राम्रा खेलाडी पनि छँदैछन् ।

टोलीमा पर्याप्त विकल्प भएकाले युनाइटेडले पनि रासफोर्डलाई बेच्न सक्ने समाचारमा उल्लेख गरिएको छ । उनले जनवरी विन्डोमै क्लब छाड्न सकनेछन् ।
बार्सिलोनाले यस जनवरीमा रासफोर्डलाई महँगो मूल्यमा भित्र्याउने चर्चा छ ।

यता, रियलले भने आगामी सिजनमा नयाँ प्रशिक्षकमा युनाइटेडबाट बर्खास्त गरेका प्रशिक्षक मोउरिन्होलाई पुनः भित्र्याउन सक्ने चर्चा छ । त्यसो भए रियलले रासफोर्डलाई पहिलो प्राथमिकतामा राख्ने छ । तर, बार्सिलोनाले भने त्यसअगावै रासफोर्डलाई क्याम्प नोउ उतार्न चाहेको छ । बार्सिलोनाले अहिले क्लबका लुइस स्वारेजको दीर्घकालीन विकल्प खोजिरहेको छ । उसले रासफोर्डलाई स्वारेजको स्थान दिने गरी भित्र्याउन चाहेको छ ।