रियल म्याड्रिड €७० मिलियन खर्च गरेर स्टार फुल ब्याक साइन गर्न इच्छुक

रियल म्याड्रिड म्यानचेस्टर युनाइटेडका फुल ब्याक आरोन वान-बिसाका साइन गर्न इच्छुक रहेको खबर छ। रियालका फुटबल प्रमुखहरू यस गर्मीमा नयाँ, दीर्घकालीन रूपको लागि राइट-ब्याक साइन गर्न खोज्दै छन् र आरोन वान-बिसाका रियलको विकल्पहरूको सूचीमा शीर्षमा रहेको कुरा छ।

ओकडारियोका अनुसार रियल स्टार फुल ब्याक साइन गर्न ठुलो रकम खर्च पनि इच्छुक हुने छन् । हाल युनाइटेडमा वान-बिसाकाको खेल राम्रो रहेको छ युनाइटेडले उनलाई क्लब मै राख्न प्रयास गर्ने पनि कुरा छ।

तर युनाइटेडले राम्रो मूल्य पाए उनलाई बेच्न सक्ने चर्चा हुँदै गर्दा रियल म्याड्रिड €७० मिलियन खर्च गर्न तयार रहेको खबर छ।

रियल म्याड्रिड हाम राइट ब्याकको खोजीमा रहेको छ। ड्यानियल कार्भजल चोटको कारण केही सङ्घर्ष गर्दै छन्, यद्यपि रियल €७० मिलियन खर्च गरेर स्टार फुल ब्याक साइन गर्न इच्छुक छन्।