“रियल म्याड्रिड होइन बार्सिलोना जान पर्छ सलाहा” – इटो

सलाहा बार्सिलोना जान पर्छ भनेर पुर्व बार्सिलोना खेलाडी इटोले बताएका छन्। लिवरपूल संगको आफ्नो पहिलो दुइ सिजनमा सलाहाले निकै उत्कृष्ट प्रदसन गरेर क्लबलाइ मदत गरेका छन् र उनको खेलको कारण धेरै क्लबहरु ले उनको माथि चासो देखाएका छन्।

उनको माथि आँखा राख्ने धेरै क्लब मध्ये रियल पनि एक हो र खबर अनुसार जिदान सलाहा संग धेरै प्रभावित भएका छन्।तर कैमरूनका लेजेंद इटो विश्वास गर्छन कि सलाहा रियलमा हैन बार्सिलोना बाट खेल्न पर्छ भनेर। बीबीसी संग कुरा गर्दा उनले भने कि सलाहा बार्सिलोनामा फिट हुनेछन भनेर।

“रियलले मलाई अफ्रीकाबाट बाहिर खेल्ने मौका दिएको तर मलाई बार्सिलोनाको शैली थाहा छ र उनि बार्सिलोनामा फित हुने छन् ”
“येदि उनि (सलाहा) विश्वको सबै भन्दा राम्रो लिगमा खेल्न चाहन्छन जुन ला लिगा हो, उनले बार्सिलोनानै रोज्न पर्छ”
“सलाहा संग सबै प्रतिभा छ जुन एक उत्कृष्ट खेलाडी बन्नको लागि चाहिन्छ”