रियल म्याड्रिड हजार्डलाई यति सस्तो मूल्यमा बेच्न तयार हुने

रियल म्याड्रिड आफ्नो स्टार एडन हजार्डलाई ठुलो नोक्सानको साथ बेच्न तयार हुने खबर छ । २०१९मा बेल्जियन स्टार लस ब्लान्कोसमा आए उनको लागि रियलले चेल्सीलाई £१०३.५ मिलियन तिरेको थियो तर रियलमा उनको खेल अत्यन्तै निराशाजनक रहेको छ, रियलमा उनको समय चोटपटक र खराब प्रदर्शनले ग्रस्त भएको छ हाल खबर अनुसार रियल उनलाई बेच्न तयार हुने छ।

उनको खेलबाट स्पेनमा फ्यानहरू खुसी नरहेको बेला च्याम्पियन्स लिगको सेमी फाइनलमा रियलको पछि हजार्ड चेल्सीका खेलाडीहरू सँग हाँस्दै गरेको भिडियो भाइरल भएको थियो र हजार्ड उक्त व्यवहारबाट रियलका फ्यानहरू उनिबाट आक्रोशित थिए भने स्पेनिस मिडियाले पनि उनको आलोचना गरेका थिए।

हाल खबर अनुसार क्लब पनि उनीबाट खुसी छैनन् र उनलाई बेच्न रियल तयार हुने जानकारी छ। रियल म्याड्रिड हजार्डलाई बेच्न ठुलो नोक्सानको सामना गर्न पनि तयार रहेको खबर छ खबर अनुसार रियल उनलाई €५० मिलियनमा बेच्न तयार रहेको छ।

रियल उनको प्रदर्शन र व्यवहारबाट खुसी नरहेको र आउँदो ट्रान्सफर विन्डोमा उनलाई अफ-लोड गर्न तयार रहेको चर्चा छ। हजार्ड फेरी प्रिमियर लिग फर्किने पनि धेरै चर्चा रहेको छ।