रियल म्याड्रिड विरुद्ध मेस्सीको यस्तो रेकर्ड रहेको छ

फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगको अन्तिम १६को खेलमा ला लिगा क्लब रियल म्याड्रिड विरुद्ध खेल्ने छ र पिएसजीका नयाँ स्टार मेस्सीलाई रियलको ’bout पक्कै पनि राम्रो सँग थाहा छ। मेस्सीले आफ्नो क्यारियरको लामो समय बार्सामा बिताएका छन् भने उनले धेरै पटक रियलको सामना गरेका छन् र रियल विरुद्ध उनको कस्तो रेकर्ड रहेको छ भनेर धेरै प्रश्न हुन सक्छ।

मेस्सीले फेब्रुअरी १६, २०२२ बाट सुरु हुने च्याम्पियन्स लिगको राउन्ड अफ-१६ मा रियल म्याड्रिडको सामना गर्ने छ।

लस ब्लान्कोस विरुद्धको उनको रेकर्ड अविश्वसनीय भन्दा कम छैन तर मेस्सी रियलको विरुद्धमा पछिल्लो पाँच खेलहरूमा गोल गर्न असफल रहेका छन्।

रियल विरुद्ध मेस्सीले च्याम्पियन्स लिगमा दुई गोल गरेका छन्। दुवै गोल २७ अप्रिल, २०११ मा भएको थियो जब बार्सिलोनाले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा सान्टियागो बर्नाबेउमा रियल म्याड्रिडलाई ०-२ ले हराएको थियो।

हाल सम्म मेस्सीले आफ्नो क्यारियरमा रियल विरुद्ध २ ह्याट्रिक गरेका छन् भने रियल विरुद्ध उनको दुई फ्री किक गोल र १० पेनाल्टी गोलको रेकर्ड रहेको छ।

रियल विरुद्ध मेस्सीको पूर्ण रेकर्ड तल हेर्नुहोस्:-

कुल खेलहरू: ४५

जितेको खेलहरू: १९

बराबरी भएको खेल : ११

हारेका खेलहरू: १५

मेस्सीको गोल: २६

मेस्सीको अस्सित : १४