रियल म्याड्रिड लेजेन्डद्वारा बार्सिलोना लेजेन्ड पराजित

एजेन्सी, रियल म्याड्रिड र बार्सिलोना लेजेन्ड बिचको खेलमा रियल विजय भएको छ । मंगलबार राती भएको खेलमा रियल लेजेन्डले बार्सिलोना लेजेन्ड माथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

रुबेन डि ला रेडको दोश्रो हाफमा गरेको गोलनै निर्णायक रह्यो । दुबै टोलिमा स्टार खेलाडिको बाहुल्यता रहेको थियो । रोनाल्डिन्हो, रिभल्डो, लुइस फिगो र रोबर्टो कार्लोश जस्ता खेलाडिहरु मैदानमा उत्रिदा २५००० दर्शकले टेल अभिभमा स्वागत गरेका थिए ।

बार्सिलोना लेजेन्डका लागि रोनाल्डिन्होले खेलको २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । एन्टोनियो नुनेजले साभिओला डि-ब्क्समा लडाए पछि प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरे ।

त्यस्तै, दोश्रो हाफमा रियलले आक्रमक खेल खेल्दै पेड्रो मुनिटिस र अल्फन्सो पेरेजले गोल गर्दै खेलमा पुनरागमन गर्यो ।

जोफ्रे मटेयुले बार्सिलोना लेजेन्डका लागि बराबरी गोल गरे पनि तेस्को १० मिनेट पछि रुबेन डि ला रेडले आकर्षक गोल गर्दै खेल रियल म्याड्रिड लेजेन्डको पक्षमा पारे ।