रियल म्याड्रिड र बायर्न म्युनिखको रेकर्ड तोड्ने दाउमा म्यानचेस्टर सिटी

हाल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको निकै राम्रो फम रहेको छ। लिगको शीर्ष स्थानमा रहेको सिटीलाई रोक्न हाल लगभग असम्भव रहेको छ भने वेस्ट ह्याम विरुद्धको २-१को जित पछि सिटीले लगातार २० खेलहरूमा जित हासिल गरेको छ र सिटी रियल म्याड्रिड र बायर्न म्युनिख जस्तो क्लबको रेकर्ड तोड्न नजिक रहेको छ।

हाल सिटीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ र सिटी पछिल्लो २० खेलमा अपराजित रहेको छ भने सबै खेल जित्दै आएको छ र २० लगातार जित पछि सिटी शीर्ष युरोपेली लिगहरूमा सबैभन्दा धेरै लगातार जित प्राप्त गर्ने टिमको सुचीमा तेस्रो स्थानमा पुग्न सफल भएको छ।

हाल सिटी, रियल म्याड्रिड र बायर्न म्युनिखको रेकर्ड तोड्ने क्रममा रहेको छ। रियलको २२ लगातार जितको रेकर्ड रहेको छ जुन २०१४को सेप्टेम्बर देखि डिसेम्बर सम्म रहेको थियो भने बायर्न म्युनिखको २३ लगातार जितको रेकर्ड रहेको छ जुन २०२०को फेब्रुअरी देखि सेप्टेम्बर सम्म चलेको थियो।

अन्तिम पटक सिटी जित हासिल गर्न असफल रहेको समय २०२०को डिसेम्बर १५ थियो, जब वेस्ट ब्रोम विरुद्ध सिटीको १-१को बराबरी भएको थियो। उक्त खेल पछि सिटी सबै खेल जित्न सफल रहेको छ।

सन् २००० देखि सबैभन्दा बढी लगातार जित हासिल गर्ने क्लबहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

20. Arsenal (March-May 2000) – 12 wins

19. Sevilla (April-September 2006) – 12 wins

18. Arsenal (August-October 2007) – 12 wins

17. Paris Saint-Germain (April-August 2015) – 12 wins

16. Bayern Munich (August-October 2015) – 12 wins

15. Arsenal (March-August 2002) – 13 wins

14. Inter Milan (November 2007-January 2008) – 13 wins

13. Bayern Munich (November 2009-February 2010) – 13 wins

12. Atletico Madrid (August-October 2012) – 13 wins

11. Bayern Munich (December 2013-March 2014) – 13 wins

10. Juventus (December 2015-February 2016) – 13 wins

9. Lyon (August-November 2006) – 14 wins

8. Bayern Munich (December 2017-February 2018) – 14 wins

7. Real Madrid (September-December 2011) – 15 wins

6. Bordeaux (March-August 2009) – 16 wins

5. Paris Saint-Germain (December 2015-February 2016) – 16 wins

4. Barcelona (October 2005-January 2006) – 18 wins

3. Manchester City (December 2020-present) – 20 wins

2. Real Madrid (September-December 2014) – 22 wins

1. Bayern Munich (February-September 2020) – 23 wins