रियल म्याड्रिड र एटलेटिको म्याड्रिड आर्सेनलका स्टार स्ट्राइकर साइन गर्न इच्छुक

रियल म्याड्रिड र एटलेटिको म्याड्रिड आर्सेनलका स्ट्राइकर अलेक्सान्ड्रा लाकाजेटमा साइन गर्ने दौडमा रहेको खबर छ।

फ्रान्सेली स्ट्राइकर गत सिजन देखि आर्सेनल टीमको भित्र र बाहिर हुदै गरेका छन् र धेरै समय उनको भूमिका स्पष्ट नभएको देखिन्छ।

२९ वर्षका स्ट्राइकरको सम्झौता २०२२मा अन्त्य हुने छ र क्लब संग उनको सम्झौता विस्तार भएको छैन। डेली मेलका अनुसार लाकाजेट र प्रबन्धक मिकेल अर्टेटाको राम्रो सम्बन्ध छैन र उनलाई बेच्न अर्टेटा इच्छुक छन्।

एटलेटिकोले धेरै समय देखि उनि माथि चासो देखाएको खबर रहेको छ भने हाल खबर अनुसार रियल पनि उनलाई साइन गर्न इच्छुक छन्।

लुका जोविकले क्लब छोडे पछि रियल नयाँ स्ट्राइकरको खोजीमा हुने कुरा छ।