“रियल म्याड्रिड रोनाल्डोको घर हो”

फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोहाल रियल म्याड्रिडको मैदानमा प्रशिक्षण गर्ने क्रममा रहेका छन् र रियल, रोनाल्डोको घर रहेको र उनले सबै क्लबको सबै सुविधा पाउने रियलका अध्यक्ष पेरेजले दाबी गरेको रिपोर्ट छ।

पोर्चुगल विश्व कपबाट बाहिरिए पछि क्लब विहीन रोनाल्डो रियलको मैदानमा प्रशिक्षण गर्न थालेका छन् र रियल म्याड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेज र क्लब सँग रोनाल्डोको निकै राम्रो सम्बन्ध रहेको कारण उनले रियल म्याड्रिडको मैदान र अन्य सुविधा प्रयोग गर्न अनुमति पाएका छन् ।

रियल म्याड्रिड रोनाल्डोको घर रहेको र उनले सबै रियलको मैदान, अन्य सुविधा र उपकरणहरु प्रयोग गर्न पाउनेमा कुनै शंका नरहेको भनेर रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्रिस्टियानो रोनाल्डोलाई आश्वासन दिएको म्याड्रिड आधारित मिडियाहरूले रिपोर्ट दिएको छ।

हाल क्लब विहीन रहेका रोनाल्डो रियल सँग प्रशिक्षणको क्रममा रहे पनि उनको भविष्य अझै अनिश्चित रहेको छ। रियल म्याड्रिडले उनलाई फेरी साइन गर्ने चर्चा भए पनि सो वारे रियलले कुनै ठोस निर्णय लिएको छैन।

रोनाल्डो ४ वर्ष पछि रियल म्याड्रिड फर्केका हुन्। २०१८मा उनले रियल म्याड्रिड छोडेका थिए । रियलमा उनले ९ वर्ष बिताएका छन् र उनले सो क्रममा ४ च्याम्पियन्स लिग र २ लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।

रियल छोडे पछि रोनाल्डोले युभेन्टस र म्यानचेस्टर युनाइटेडको लागि खेलेका छन्। युभेन्टस सँग उनले २ पटक इटालियन लिग जित पनि युनाइटेडमा उनको वापसीको राम्रो अन्त्य हुन सकेन।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ