‘रियल म्याड्रिड म्यान सिटीबिरुद्ध जित्न सक्छन’

पूर्व रियल म्याड्रिडका स्ट्राइकर निकोलस अनेल्काको विश्वास छ कि रियलले म्यान सिटीलाई पराजित गर्दै अर्को चरणमा पुग्न सक्छ।

सिटी संगको पहिलो लेगको खेलमा रियल २-१ पराजित भएको थियो र हाल फ्रान्सेलीको विश्वास छ कि दोस्रो लेगमा रियलले राम्रो खेल्ने छ सिटीलाई हाराउने छ, र जिदानेको टीम राउन्ड अफ १६बाट अघि बढ्ने छ।

अनेल्काले मार्कालाई भने: “जिदानको साथ सम्भव छ। सिटी राम्रो फर्ममा छ। यो गार्हो हुनेछ, तर म्याड्रिड भनेको म्याड्रिड हो र च्याम्पियन्स लिग रियल धेरै शक्तिशाली छन्। मलाई थाहा छैन के हुन्छ, तर जिदान खेल फिर्ता गर्न सक्षम छन् र गार्डियोला पनि धेरै राम्रो छन्, त्यसैले यो एक उत्तम खेल हुनेछ। सिटीसंग, महत्त्वपूर्ण रूपमा, पहिलो लेगको जितकप फाइदा छ। ”

उनले ह्याजार्डबारे पनि बोले: “मेरो विचारमा पहिलो वर्ष रियलमा सजिलो हुन्दैन ,यस वर्ष उनले लालिगा कस्तो छ भनेर थोरै अनुभव गरे र अर्को वर्ष उनले आफुमा भएको प्रतिभा देखाउने छन्। “