‘रियल म्याड्रिड म्यान्चेस्टर युनाइटेड सँग आक्रोशित’

म्यानचेस्टर युनाइटेड भिल्लारियालका डिफेन्डर पाउ टोरेस साइन गर्ने प्रयासमा सक्रिय रहे पछि रियल म्याड्रिड म्यान्चेस्टर युनाइटेड सँग आक्रोशित भएको खबर छ।

रियलको नजरमा पाउ टोरेस धेरै समय देखि थियो तर रियल उनको लागि धेरै प्रयास गर्न असफल रहेको बेला म्यान्चेस्टर युनाइटेड उनलाई साइन गर्ने प्रयासमा धेरै सक्रिय रहेको छ जानकारी छ। आउँदो गर्मीको ट्रान्सफर विन्डोमा टोरेसको उच्च माग रहेको छ र उनी ओले गुन्नार सोलस्करको मुख्य लक्ष्य हुने कुरा छ।

एल डेसमार्कका अनुसार रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको विश्वास छ कि पाउ टोरेस साइन गर्ने दौडमा म्यानचेस्टर युनाइटेड धेरै नजिक पुगेको छ र आफ्नो नजरको अगाडी युनाइटेडले उनलाई साइन गर्ने सफल हुने देखे पछि फ्लोरेन्टिनो पेरेज आक्रोशित छन्।

२४ वर्षका डिफेन्डरको खेल निकै राम्रो रहेको छ भने उनको लागि भिल्लारियालले €६० मिलियन माग्ने जानकारी छ। रियलको नजर धेरै समय देखि उनी माथि रहे पनि युनाइटेडले उनलाई साइन गर्ने सम्भावना धेरै देखे पछि रियल म्याड्रिड असन्तुष्ट रहेको खबर छ।