शाख्तर डोनेट्स्कका युक्रेनी स्टार विंगर मिखाइलो मुड्रिकलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको छ जसमा ला लिगा क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब आर्सनल पनि रहेको छ भने मिखाइलो मुड्रिकले आफूले रियल म्याड्रिड भन्दा आर्सनललाई रोज्ने भनेर बताएका छन् ।
Mykhailo Mudryk 🗣
“From a purely theoretical-fantasy perspective, if there was the option of being a bench player for Real Madrid or a starter for Arsenal, I’d probably choose Arsenal.”https://t.co/G2AhmkuPPE
— The Athletic | Football (@TheAthleticFC) November 15, 2022
आफूलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको वारे स्टार विंगरले एक अन्तर्वार्तामा बोल्दै रियल म्याड्रिडको बेन्चमा बस्नु भन्दा आर्सनलमा खेल्नु आफ्नो लागि राम्रो हुने बताए।
“विशुद्ध सैद्धान्तिक-काल्पनिक परिप्रेक्ष्यबाट, यदि रियल म्याड्रिडको लागि बेन्च प्लेयर वा आर्सनलको लागि स्टार्टर बन्ने विकल्प थियो भने, म सम्भवतः आर्सनल रोज्ने थिएँ।”- मिखाइलो मुड्रिकले बताए।
“म आर्सनललाई नजिकबाट पछ्याउँछु, आर्सनल धेरै गतिशील पक्ष हुन्। मेरो लागि एउटा अचम्मको कुरा यो थियो कि कति आर्सनल फ्यानहरूले मलाई फोलो गरेका छन्। अरू कुनै क्लबका फ्यानहरूले उनीहरू जत्तिको अन्तरक्रिया गरेका छैनन्।”
Mykhaylo Mudryk tells Zinchenko’s wife Vlada Sedan: “I follow Arsenal closely, they’re a very dynamic side. One surprise for me was how many Arsenal fans followed me. No other club’s fans have interacted as much as them”. ⚪️🇺🇦 #AFC
“They always tell me: come to us!”. pic.twitter.com/deyswR28FC
— Fabrizio Romano (@FabrizioRomano) November 15, 2022
युक्रेनी प्रिमियर लिग क्लब शाख्तर डोनेट्स्कमा मिखाइलो मुड्रिकको प्रदर्शन निकै उत्कृष्ट रहेको छ भने धेरै ठुलो युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला उनले आर्सनलमा खेल्ने आफ्नो इच्छा व्यक्त गरेका छन्।
मुड्रिकको उत्कृष्ट खेल शैलीको कारण उनको तुलना ब्राजिलियन सुपरस्टार नेमार सँग हुने गरेको छ भने उनलाई मिडियाहरूले ‘युक्रेनी नेमार’ भनेर पनि भन्ने गरेको छ र आर्सनल र रियल म्याड्रिड सँग उनको नाम जोडिने क्रम जारी रहेको छ।
२०२१को जनवरी देखि मिखाइलो मुड्रिक डोनेट्स्कको सिनियर टिममा बढुवा भएका थिए भने हाल २१ वर्षीय विंगर टिमको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन् र उनले क्लबको लागि ४२ खेल खेल्दै १० गोल १७ असिस्ट गरेका छन्।
उनको खेलको कारण धेरै क्लबहरूको नजर उनी माथि परेको बेला शाख्तर डोनेट्स्क उनलाई बेच्न तयार हुन सक्ने जानकारी छ तर उनको लागि युक्रेनी क्लबले १०० मिलियन युरो माग गर्ने रिपोर्टहरूले जनाएको छ।