‘रियल म्याड्रिड बिरुद्धको खेलमा नेमार सुर्वती ११ हुनु हुदैन’

नेमार माथि आलोचनाको अन्त्य नभएको देखिन्छ र फ्रान्सेली मिडियाहरुले नेमारलाई भन्दा डि मारियालाई रियल म्याड्रिड बिरूद्ध खेलाउन पर्छ भन्ने विश्वास गरेकाछन् ।

पूर्व बार्सिलोना स्टारले पेरिस सेन्ट-जर्मेनको लिली विरुद्ध २-० को जीतमा राम्रो प्रभाव पार्न सकेनन।

थोमास टुचेल पनि नेमारको प्रदर्शनबाट खुसि नरहेको खबर रहेको छ, यस बीचमा, डि मारिया यस सिजनमा अहिलेसम्म उनको टोलीका शीर्ष प्रदर्शनकर्ताहरू मध्ये एक हुन्, विशेष गरी पछिल्लो केहि हप्तामा उनको योगदान ठुलो रहेको छ र आफ्नो टोलीलाई धेरै गोल र सहयोगमा मद्दत गर्दै छन्।

फ्रान्सेली पत्रकारका अनुसार लस ब्लान्कोस (रियल) बिरूद्ध डि मारियाले इकार्डी र एमबाप्पेसंग सुर्वती ११ मा खोल्नु पर्छ र कोचले नेमारलाई बेन्चमा राख्ने निर्णय लिनु पर्छ र उनलाई दोस्रो हाफमा विकल्पको रूपमा प्रयोग गर्नु पर्छ।

ब्राजिलका स्टारले चोटपटकको कारण धेरै खेल गुमाए र टुचेलले बुझेका छन कि भर्खर फिट भएका खेलाडीले लगातार चार दिनको खेलमा दुई खेल खेल्नु राम्रो हुँदैन।