रियल म्याड्रिड बाहेक सबै स्पेनिस क्लब च्याम्पियन्स लिगबाट बाहिरियो

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड पनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

बार्सिलोना र सेभियासंगै बुधबार राती भएको खेल पछि एट्लेटिको पनि बाहिरिएको हो । अब स्पेनबाट मात्र रियल म्याड्रीड च्याम्पियन्स लिगमा रहेको छ ।

गएराती सम्पन्न खेलमा जर्मन क्लब लिभरकुसेनसँग २-२ को बराबरीमा रोकिएसँगै एटलेटिको म्याड्रिड समुह चरणबाटै बाहिरिएको हो ।

यस खेलमा खेलको ९८ औ मिनेटमा यानिक कारास्कोले पेनाल्टी मिस गरेपछि एटलेटिको जितबाट चुकेको थियो ।

यस अघि कारास्को र रोड्रीगो पाउलले एक एक गोल गरेका थिए ।

त्यस्तै लिभरकुसेनका लागि मोउसा डियबी र कलुम हडसन ओडोईले एक एक गोल गरेका थिए ।

यो बराबरीपछि समुह बी बाट दुवै टोली बाहिरिएका छन् । यस समुहबाट क्लब ब्रुगे यस अघि नै नकआउट चरणमा पुगेको छ भने पोर्टोले पनि नकआउट चरणमा आफुलाई सुरक्षित बनाएको छ । पोर्टोले क्लब ब्रुगेलाई ४-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ ।