रियल म्याड्रिड फ्यानहरू सँग हजार्डले मागे माफी

रियल म्याड्रिडका स्टार एडन हजार्डले रियल म्याड्रिडका फ्यानहरू सँग माफी मागेका छन्। रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमी फाइनलबाट नकआउट भएको थियो र उक्त सेमी फाइनल खेल अन्त्य भए पछि हजार्ड आफ्नो पूर्व टिम मेटहरू सँग हाँस्दै गरेको भिडियो भाइरल भएको थियो र सो पछि उनको धेरै आलोचना भएको थियो।

खेल पछि रियलका स्टार हजार्ड चेल्सीका खेलाडीहरू सँग हाँस्दै गरेको उक्त भिडियोमा देख्न सकिन्छ र सो कुराबारे रियलका फ्यानहरूले हजार्डको आलोचना गरेका थिए भने हाल हजार्डले रियल फ्यानहरू सामु माफी मागेका छन्।

उनले इन्स्टाग्राम मार्फत फ्यानहरूलाई माफी मागेका थिए। इन्स्टाग्रामको स्टोरीमा उनले आफ्नो सो व्यवहारको लागि माफी माग्दै पोस्ट गरे।

“मलाई माफ गर्नुहोस्। मैले आज मेरो बारेमा धेरै विचारहरू पढेको छु र रियल म्याड्रिड फ्यानहरूलाई अपमान गर्ने मेरो उद्देश्य थिएन।- उनले पोस्ट मार्फत माफी माग्दै भने।

“रियल म्याड्रिडका लागि खेल्नु धेरै समय देखि मेरो सपनाको रूपमा रहँदै आएको छ र म यहाँ जित्न आएको हुँ।

“सिजन समाप्त भएको छैन र सँगै हामी अब ला लिगा को लागी लडाई गर्न पर्छ! हाला म्याड्रिड!”

हजार्ड २०१९मा चेल्सीबाट रियल आएका थिए। रियलले उनको लागि €१०० मिलियन खर्च गरेको थियो भने उनको फम रियलमा धेरै राम्रो हुन सकेको छैन। रियलमा उनले चोटबाट धेरै सङ्घर्ष गरेका छन्।

फ्यानहरू क्लबमा उनको फमबाट खुसी नरहेको समय च्याम्पियन्स लिगको सेमी फाइनलबाट रियल नकआउट भए पछि अन्य रियल खेलाडीहरू दु: खी रहेको समय उनी चेल्सीका खेलाडीहरू सँग उनी हाँस्दै गरेको भनेर उनको आलोचना भएको थियो। केही फ्यानहरूले उनलाई ७ नम्बरको जर्सी नदिन पनि आग्रह गरेका थिए।