रियल म्याड्रिड जिदानको प्रतिस्थापनको खोजीमा- यी दुई कोच मुख्य दावेदार

रियल म्याड्रिड जिदानको प्रतिस्थापनको खोजीमा रहेको खबर छ। जिदानलाई बर्खास्त गर्न परे विकल्प तयार गर्न रियल लागि परेको खबर छ।

च्याम्पियन्स लिग र ला लिगामा लगातार हार बेहोरेको रियलको जिदान माथिको विश्वासमा केहि घटेको देखिन्छ। सिजनको कमजोर सुरूवातको कारण रियल हरेक सम्भावनाको लागि तयारी अवस्थामा रहन चाहन्छन्।

खबर अनुसार जिदानलाई प्रतिस्थापन गर्न रियलले दुई कोचको नाम पनि तयार गरेको छ। पुर्व स्पर्स कोच मौरिसियो पोचेटिनो र क्लब लेजेण्ड राउल हाल रियलको नयाँ कोच बन्ने दाबेदार रहेको कुरा छ येदि जिदानले क्लब छोड्न परे।

यद्यपि क्लब अध्यक्ष फ्लोरेन्टिनो पेरेज क्लब लेजेण्ड राउलको पक्षमा छन, जो हाल रियल मैड्रिडको क्यासिलाको मुख्य प्रशिक्षक रहेका छन्।