“रियल म्याड्रिड जाने पोग्बाको प्राथमिकता”

MANCHESTER, ENGLAND - MARCH 02: Paul Pogba of Manchester United reacts during the Premier League match between Manchester United and Southampton FC at Old Trafford on March 02, 2019 in Manchester, United Kingdom. (Photo by Shaun Botterill/Getty Images)

म्यानचेस्टर युनाइटेड मिडफिल्डर पोग्बा यस गर्मी युभेन्टस भन्दा रियल म्याड्रिड जान चाहन्छन्।

पोग्बा यस सिजनको अन्त्यमा युनाइटेड छोड्ने अपेक्षा गर्दै छन् र उनको गन्तव्य म्याड्रिड हुने खबर छ।

“पोग्बाले म्याड्रिडलाई प्राथमिकता दिनेछ,” खेलाडीको नजिकको एक स्रोतले बताएको खबर छ।

मिडफिल्डरको सम्झौतामा एक बर्ष मात्र बाकी छ, युनाइटेडले उनि संग १२ महिना सम्झौतामा विस्तार गर्ने विकल्प छ ।

पोग्बा म्यानचेस्टर युनाइटेडमा खुसी नरहेको खबर छ भने युभेन्टस र रियल उनलाई साइन गर्न चाहन्छन्।