रियल म्याड्रिड जनवरी ट्रान्सफर विन्डोमा पनि निष्क्रिय हुने संकेत

जनवरी ट्रान्सफर विन्डोमा पनि रियल म्याड्रिडमा गतिविधि नहुने खबर छ। ला लिगा क्लब हाल यस सीजनको लागि आफ्नो बजेट समाप्त गर्ने क्रममा छन् र डायरेक्टरहरूले अझै पनि लगभग £२०० मिलियनको अनुमानित घाटाको सामना गर्न खबर छ।

नतिजाको रूपमा, मार्काका अनुसार म्याड्रिडमा एकपटक फेरि नयाँ खेलाडी साइन गर्ने गतिविधि नहुने देखा परेको छ। जबसम्म क्लबले अनावश्यक पहिलो टोलीका खेलाडीहरू अफलोड गर्न सक्दैनन् रियलले नयाँ खेलाडीको लागि रकम खर्च नगर्ने कुरा छ।

हाल रियलले आफ्नो स्टेडियम सान्टियागो बर्नबेउको पुनर्विकासको लागि £५०० मिलियन खर्च गरेको छ।

बजारको अनिश्चित प्रकृतिसँग र ‘म्याच दे’को आयको संयोजनले क्लबलाई अवस्थाको ‘बन्दी’ बनाएको उही प्रकाशनले दावी गरेको छ।