‘रियल म्याड्रिड खेलाडीहरु बेच्न बाध्य छन्’

Paris Saint-Germain's French forward Kylian Mbappe reacts after missing a goal opportunity during the French L1 football match between Paris Saint-Germain and Montpellier at the Parc des Princes stadium on February 20, 2019. (Photo by Thomas SAMSON / AFP) (Photo credit should read THOMAS SAMSON/AFP/Getty Images)

स्पेनिश फुटबल पंडित जोसेप पेड्रोलले बताएका छन् कि रियल म्याड्रिडले कुनै नयाँ खेलाडी साइन गर्नु भन्दा पहिले खेलाडीहरु बेच्नु पर्ने छ।

लोकप्रिय स्पोर्ट्स कार्यक्रम होल एल चिरिंगुइटोले रियल म्याड्रिडको आर्थिक अवस्थाको बारेमा चिन्ताजनक चेतावनी दिएका छन, र कुनै नयाँ खेलाडी साइन गर्न विचार गर्नु अघि थप तलब कटौती र बिक्री पहिले आउनु पर्छ।

“रियल मैड्रिडले हामीलाई आशावादको झुठ्ठा भावना सिर्जना गर्दै छन् जसले मलाई चिन्तित पार्ने गर्दैछ,”पेड्रोललेए ल चिरिंग्युटोमा भने।

“हाल म्याड्रिडमा उनीहरू बाँच्नको लागि बेच्नु पर्छ। रियलले खेलाडीहरूलाई १० प्रतिशत तलब कटौतीको लागि सोधेका छन्, तर खबर छ यो २५ प्रतिशतसम्म पुग्न सक्ने छ। रियलले एक वा दुई खेलाडी बेच्नुपर्नेछ।

“अब रियल म्याड्रिडको उद्देश्य भनेको खेलाडीहरूको तलब कम गर्नु हो। हामी अन्त्यमा के हुन्छ हेर्नेछौं।

“१५० मिलियन [यूरो] पुग्न जुन एम्बाप्पेलाई साइन गर्न लाग्ने रकम हो, आउँदो गर्मीमा खर्च गर्नु हाल क्लबको आर्थिक स्थितिमा असम्भव छ।”