रियल म्याड्रिड क्यासामिरो बिना समस्यामा पर्ने

रियलका अध्यक्ष पेरेजको अट्याकिङ मिड्फिल्ड प्रतिको लगाभले अहिले क्लबमा खेलाडीहरुको अत्यधिक संख्या रहेको छ ।

लुका मोड्रिक र टोनी क्रस दुबैले राम्रो प्रदर्शन गर्दै आहिरहेको छ, यद्यपि इस्को र जेम्स रोड्रिगुएज सम्मेलित म्याड्रिडले मालोर्कासँग पराजय बेहोर्नु परेको थियो ।

उक्त खेलाडिहरु रक्षात्मक मिडफिल्ड भने होइनन र त्येस स्थानमा खेल्न पनि सक्दैनन। म्याड्रिडको टिममा केही कमि कम्जोरी अवश्य छ र त्येसको नतिजा मालोर्का बिरुद्धको खेलमा झल्केको थियो ।

क्यासामिरो यद्यपि शुरुदेखि नै होल्डिङ मिडफिल्डरको रुपमा खेल्दै आहिरहेका छन र जब क्यासामिरोले आफ्नो खेल देखाउन सक्दैन तब रियल म्याड्रिड समस्यामा पर्ने गर्छ ।