रियल म्याड्रिड उपाधि विहिन

एजेन्सी, एटलेटिको म्याड्रिडले लिग उपाधी जितेसंगै सहरिया प्रतिद्वन्द्वी रियल म्याड्रिड यस सिजन उपाधी विहिन भएको छ। रियलले २००९/२०१० यता पहिलो पटक सिजन उपाधी विहिन भएको हो।

रियल एल्कोयानोको हातबाट कोपा डेल रेबाट बाहिरिन पुग्यो। त्येस्तै च्याम्पियन्स लिग सेमिफाइनलमा इगंलिश क्लब चेल्सीसंग पराजित हुँदै बाहिरिए।

पछिल्लो पल्ट रियल ११ बर्ष अगाडि उपाधी विहिन हुँदै सिजन सकेको थियो।

त्यस सिजन पछि रियलले युरोपमा दबदबा कायम राख्न सफल रह्यो। रोनाल्डोको आगमन पछि रियलले ४ पटक च्याम्पियन्स लिगको उपाधी उचाले।

यो सिजन उपाधी विहिन भए पछि रियल म्याड्रिड अर्को सिजन युरोप र घरेलु उपाधि जित्ने दाउमा हुनेछ।