रियल म्याड्रिड आफ्नो स्टार मिडफिल्डर बेच्न तयार- युभेन्टस साइन गर्न इच्छुक

Close-up of waving flag with Real Madrid C.F. football club emblem Russian Federation

आउँदो जनवरीमा रियल म्याड्रिड आफ्नो स्टार मिडफिल्डर बेच्न तयार रहेको खबर छ भने । युभेन्टस अवस्थालाई मोनिटर गर्दै गरेको कुरा छ।

खबर अनुसार रियल इस्कोलाई बेच्न तयार रहेको छ। रियलले उनलाई आउँदो जनवरीमा बेच्ने छ र केहि क्लब उनलाई साइन गर्न इच्छुक रहेको पनि कुरा छ। खबर अनुसार उनलाई साइन गर्न युभेन्टस मुख्य दाबेदार रहेका छन्।

युभे उनको अवस्थाबारे सचेत छन् र नयाँ वर्षमा उनलाई युभेमा भित्राउने बारेमा इस्कोसँग क्लब सम्पर्कमा पनि रहेको कुरा छ।

स्टार मिडफिल्डरको लागि रियलले €४० मिलियनको माग गर्ने कुरा छ। युभेका कोच आन्द्रे पिर्लो पनि उनलाई क्लब भित्राउने बारे सकारात्मक रहेको खबर छ।