रियल म्याड्रिड आफ्नो स्टार डिफेन्डर बेच्न तयार हुने

रियल म्याड्रिड आउँदो गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो डिफेन्डर राफाएल भरानलाई बेच्न तयार हुने खबर छ।

उनको रियल सँगको वर्तमान सम्झौता २०२२को जुन सम्म रहेको छ तर उनी रियल संग सम्झौता विस्तार गर्न इच्छुक नरहेको खबर छ।

खबर अनुसार भरानले रियल संग नयाँ सम्झौता गर्ने छैनन् र सो अवस्थामा रियलको योजना उनलाई आउँदो ट्रान्सफर विन्डोमा बेच्ने रहेको कुरा छ।

रियल उनलाई २०२२मा नि:सुल्क गुमाउन इच्छुक छैनन् र रियलले २०२१को गर्मी मै उनलाई बेच्न पर्ने हुने छ। राफाएल भरानलाई साइन गर्न म्यान्चेस्टर युनाइटेड इच्छुक छन् र सो अवस्थामा युनाइटेडको निगरानी रहेको खबर छ।