रियल म्याड्रिड आफ्नो युवा स्टारलाई बेच्न तयार हुने

MADRID, SPAIN - NOVEMBER 28: Martin Odegaard of Real Madrid chats with Isco before taking a free kick during the La Liga Santander match between Real Madrid and Deportivo Alaves at estadio Alfredo Di Stefano on November 28, 2020 in Madrid, Spain. Football Stadiums around Europe remain empty due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in fixtures being played behind closed doors. (Photo by Denis Doyle/Getty Images)

रियल म्याड्रिड आफ्नो युवा स्टार मार्टिन ओडेगार्डलाई स्थायी रुपमा बेच्न तयार हुने जानकारी छ। गत सिजन उनले आर्सनलमा लोंमा बिताएका थिए भने उनको लोन सम्झौता उक्त सिजन पछि अन्त्य भए पछि उनी रियल फर्किए तर रियलमा उनले धेरै खेल समय पाउने आश्वासन क्लब दिन नसक्ने भए पछि उनलाई रियलले बेच्ने खबर छ।

उनले रियलमा धेरै खेल समय नपाएका कारण आर्सनलमा लोनमा गएका थिए र प्रिमियर लिग क्लबमा उनले नियमित खेल समय पाए र उनको खेल पनि राम्रो रहेको थियो र हाल आर्सनल उनलाई स्थायी रूपमा साइन गर्न इच्छुक रहेको खबर छ। ओडेगार्ड पनि लन्डनमा आफ्नो मौकाहरूबाट खुसी छन् र उनी गनर्स सँग स्थायी रूपमा सम्झौता गर्न खुला हुने जानकारी छ तर यसमा रियलको निर्णय अन्तिम हुने छ।

आर्सनल सँग ओडेगार्डको खेल राम्रो रहे पछि रियलमा उनले थप मौका पाउन सक्ने धेरैको विश्वास रहेको थियो तर हाल उनी कार्लो एन्सेलोट्टीको पहिलो रोजाई नपर्ने देखा परेको छ।उनको लागि रियलले ४० मिलियन युरो सम्म मग्न सक्ने जानकारी छ जुन आर्सनल तिर्न खुल्ला हुने रिपोर्ट छ।

२२ वर्षका युवा स्टार नियमित खेल समयको खोजीमा छन् र आर्सनल पनि उनलाई फेरी साइन गर्न धेरै इच्छुक छन्।