रियल म्याड्रिडसँग आफ्नो नाम जोडिएको बारे हालान्डले यस्तो भने

सेभिल्ला एफसीबिरुद्ध च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगको खेलमा बोरुसिया डर्टमन्डले २-३को जित हासिल गर्‍यो र सो खेलमा डर्टमन्डका सुपरस्टार हालान्डको निकै राम्रो प्रदर्शन थियो र उनले उक्त खेलमा २ गोल गरे।

उक्त खेल पछि उनको धेरै प्रशंसा भएको थियो भने रियल फ्यानहरूले सामाजिक सञ्जालमा हालान्डलाई रियल आउन आग्रह गर्न थाले सो बारे खेल पछि हालान्डलाई एक रिपोर्टरले प्रश्न गर्दा उनले सो बारे जवाफ दिँदै भने: “रियलका फ्यानहरू मलाई क्लबमा चाहन्छन्?

“यो राम्रो कुरा हो र यसले सधैँ राम्रो राम्रो भावना दिन्छ जब कसैले तपाईँलाई क्लबमा चाहन्छ!

उनले पिएसजीका स्टार एम्बाप्पेको पनि प्रशंसा गरे। “आज रात म एम्बाप्पेलाई ‘धन्यवाद’ भन्न चाहन्छु किनभने जब मैले उनलाई हिजो तीन गोल गरेको देखे… यसले मलाई अतिरिक्त प्रेरणा दियो, र यसले मलाई खेलमा अझै धेरै शक्ति दियो”।