रियल म्याड्रिडले ५० मिलियन यूरोमा मेन्दी साइन गर्ने।

लूका जोविकलाइ साइन गरेका रियलले अब डिफेंडर साइन गर्ने तिर लाग्ने भएको छ र खबर अनुसार रियलले चाडैनै फेरल्याण्ड मेन्दीको घोषणा गर्ने छ।

ओलिम्पिक ल्योंकाका फेरल्याण्ड मेन्दीलाइ रियलले ५० मिलियनमा भित्राउने भएको छ।


उनि रियल संग २०२५ सम्मको सम्झौतामा रियल आउने कुरा छ रे रियलको विश्वास छ कि उनले मर्सेलोलाइ कडा चुनौती दिन सक्छन।

लूका जोविक र मेन्दीलाइ साइन गरे पछि रियल ईडन हजर्डलाइ पर्खँदै छन् र हजर्ड भित्राउने क्रम पुरा नभए पनि उनि चाडैनै रियल आउने पक्का छ उनलाई रियलले १२० मिलियन युरोमा साइन गर्ने छन्।