एजेन्सी, रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले हुएस्काबिरुद्धको खेलका लागि १७ जना खेलाडीहरू मात्र लग्ने भएको छ।
उक्त टोलिला ४ जना युवा खेलाडीहरू हुने यस अघि नै जिदानले भनी सकेका छन्।
जिदानको टोली जनावरीमा कमजोर हुन पुग्यो जब उनले लुका योभिच र मार्टिन ओडेगार्डलाई लोनको लागि जान अनुमति दिए।
जनावरी १४ मा दानी कर्भहाल र रोद्रिगोलाई सुपर कोपा एस्पानामा गुमाउन पुगे। त्यस्तै सोही खेलमा सर्जियो रामोसलाई पनि चोटका कारण गुमाए। उक्त चोट बोके देखि रामोसले खेलेका छैनन्।
जनावरी २२ मा फेदे भल्भर्देले मसलमा चोट बोके। त्येस्को पाँच दिन पछि ओडेगार्ड आर्सनल तर्फ लागे भने लुकास भाज्केजले पनि चोट बोके।
तीन दिन पछि नाचोलाई कोरना सङ्क्रमण देख्यो। यद्यपि, उम्ले हुएस्काको खेलका लागि भने मैदानमा उत्रिँदै छन्।
जनावरी ३० मा एदर मिलिसाओले रातो कार्ड पाउँदै लेभान्तेविरुद्धको खेल गुमाए। त्येस्को चार दिन पछि हजार्ड पनि घाइते हुँदै मैदान बाहिर छन्।
हुएस्काविरुद्धको खेलमा इस्कोको नाम फिर्ता बोलाइएको छ। यद्यपि कारण भने खुलाइएको छैन तर स्रोतका अनुसार उम्ले पनि चोट बोकेको खबर छ।
यो सबै कारणले गर्दा जिदानले मात्र ६ जना खेलाडी बेन्चमा राख्न पाउने छन्। त्येस्मा पनि चार जना गोलकिपर बाहेकको खेलाडी हुनु पर्दछ।
अहिलेको अवस्था हेर्दा बेन्चमा मार्सेलो, मारियानो, भिक्टर चस्ट, मार्भिन पार्क, र दुई जना गोलरक्षक एन्द्रिय लुनिन र दिएगो एल्तुबे हुनेछन्।