रियल म्याड्रिडले लेजेनडरी नम्बर ७ जर्सी यी अप्रत्याशित खेलाडीलाई दिए

क्रिस्टियानो रोनाल्डोले बर्नबेउ छोडेपछि यो बहसको विषय भएको थियो: कस्ले २०१८/१९ सिजनमा यो प्रसिद्ध नम्बर सात जर्सिमा आफ्नो हकदार बनाउनेछ?

पाँच-पटक बालोन डी ओर विजेता हालै युभेन्टस गए पछि रियलले त्यो जर्सी कसलाइ दिन्छ? गेरथ बेले? इस्को? या शायद मार्को असेन्सिओ? भन्ने बारे धेरै प्रस्न पनि उठे ।

तर होइन। रियल मेड्रिडले भर्खरै नयाँ भित्र्याएको खेलाडी मारियानो डियाज लाई नम्बर ७ को जर्सी दिइएको छ, स्पेनिस रेडियो स्टेशन क्याडेना कोप्पीका अनुसार।

यी खेलाडी १२ महिना अगाडि मात्र रियल छोडेर फ्रेन्च टिम लियोन गएका थिए र त्यहाँ एक उत्कृष्ट सिजन पछि रियलले फेरि भित्र्याएको हो ।

र उनले पहिले रोनाल्डोले ल्गाएको ७ नम्बर जर्सि ल्गाउने छन । मारियानोले गत सिजन लियोनबाट ४८ खेलमा २१ गोल गरेका थिए र उनी २०१६/१७ सिजनमा रियलले ला लिगा र च्याम्पियनस लिग जित्दा टिमको सदस्य पनि थिए ।