“रियल म्याड्रिडले यो सिजन रोनाल्डोको कमी महसुस गर्यो”- पिके

बार्सिलोनाका स्टार डिफेंडर पिकेले रियलले यो सिजन रोनाल्डोको अभाव धेरै महसुस गरेको देखा परेको बताएका छन्। रोनाल्डोले यो सिजन रियल छोडेर युभेन्तास गएका थिए, युभेन्टसले यो सिजन पनि लिग जित्न सफल भए भने रियलको सिजन बिना केहि उपाधि अन्त्य भयो। जेरार्ड पिकेले रियलको यो सिजनको संघर्ष बारे आफ्नो विचार राखे।

“जब दुइ टोलि एउतै स्तरमा हुन्दैन, अर्को टोलिले धेरै मौका पाउछ, हामीले यो सिजन निकै उत्कृष्ट खेल खेले र हामी राम्रो नतिजा पनि हात पारे”
“रोनाल्डोको प्रदर्शनले फुटबलमा प्रभाव पार्ने गर्छ, फुटबलको खेल धेरै तरिकामा हेर्न सकिन्छ, ती मध्ये एक तथ्याङ्कहरू पनि हो, र रोनाल्डो जस्तो खेलाडीको उपस्थिति धेरै नै महत्त्वपूर्ण हुन्छ र उनको कमिमा क्लबहरु मा धेरै असर पर्न जान्छ।”