रियलले हाल आफ्नो स्टार खेलाडी बेललाई बेच्ने बारे छलफल गर्दै गरेको खबर छ। कोच जिदानले टिममा उनको प्रयोग गरेका छैनन् भने उनि खेल समयको लागि आतुर छन्।
Gareth Bale ‘has interest from Manchester United’ as he gets set for talks with Zidane https://t.co/H7FwvWFTHj
— MailOnline Sport (@MailSport) September 7, 2020
बेललाई बेच्न सक्ने कुरा हुँदा दुई प्रिमियर लिग क्लबले उनलाई साइन गर्न चासो देखाएको कुरा छ। खबर अनुसार म्यानचेस्टर युनाइटेड र टोटेनह्याम उनलाई साइन गर्न इच्छुक छन्।
युनाइटेडले धेरै अघि पनि उनलाई साइन गर्न प्रयास गरेको हो तर रियलले बेललाई क्लब छोड्न दिएका थिएनन् र बेलको इच्छा रियल छोड्ने रहेको कुरा खुले पनि क्लबले उनको लागि सो कुरा गार्हो बनाएको बेलको दाबी थियो।
Manchester United and Tottenham ‘reignite Gareth Bale interest’ and more transfer rumours #mufc https://t.co/3n2fXkLXD3
— Man United News (@ManUtdMEN) September 8, 2020
र हाल रियलले बेललाई बेच्न सक्ने कुरा आएको बेला युनाइटेड र स्पर्सले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ। युनाइटेडको मुख्य लक्ष्य जेडन सान्चो रहे पनि कुरा अघि बढ्न नसके पछि विकल्पको रुपमा रेड डेभिल्सले बेललाई साइन गर्न सक्ने छ।
स्पर्सले पनि ३१ वर्षका आफ्नो पुर्व खेलाडीलाई फिर्ता गर्न प्रयास गर्ने कुरा छ।