रियल म्याड्रिडले बायर्न म्युनिखका स्टार डिफेन्डर साइन गर्न सक्ने

बायर्न म्युनिखका स्टार डिफेन्डर डेविड अलबाका एजेन्टले अस्ट्रियन स्टारलाई रियल म्याड्रिडमा प्रस्ताव गरेका छन्।

एलियान्ज एरिनामा अलबाको सम्झौता जून २०२१मा समाप्त हुनेछ। उनी गत केही महिना देखि बायर्नसँग वार्तामा थिए तर सम्झौतामा पुग्न असफल भए पछि अब उनले जर्मन क्लब छोड्ने देखा परेको छ।

एजेन्टले रियललाई खेलाडी प्रस्ताव गरेको, यो पहिलो पटक होइन।

२८ बर्सका डिफेन्डरलाई साइन गर्न रियल केहि इच्छुक देखे पनि उनको प्रति बर्स २० मिलियन युरोको तलबले रियललाई केहि गार्हो गर्न सक्ने खबर छ।

उनका एजेन्ट, पीनी जाहावी र उनका बुबा रियल संग वार्ता गर्न तयार रहेका छन् र रियलले बायर्नलाई कुनै पनि स्थानान्तरण शुल्क तिर्ने पर्ने छैन यदि रियलले अलबा संग पूर्व-सम्झौता गर्ने हो भने। आफ्नो सम्झौता अन्त्य भए अलबा क्लब छोड्न स्वतन्त्र हुने छन्। ।