“रियल म्याड्रिडले नेमार भन्दा एम्बाप्पे साइन गर्नु पर्छ”

पुर्व फुटबल स्टार रोनाल्डो भन्छन कि रियल म्याड्रिड यस गर्मीमा पिएसजीका स्टार काइलियन एम्बाप्पे साइन गर्नु पर्छ।

काइलियन एम्बाप्पेको उमेर सानोनै रहेकोले रोनाल्डोले नेमार भन्दा फ्रेन्च स्टारलाई छनौट गर्न लस ब्लान्कोसलाई आग्रह गरेका छन्।

“अहिले, एक अर्को भन्दा राम्रो छ भनेर बहस गर्ने कुरा हैन, तर यदि रियल म्याड्रिडले ठूलो लगानी गर्दै छ भने उनीहरूले भविष्यको बारेमा सोच्नु पर्छ,” उनले सान्तेन्द्रले आयोजना गरेको वेबिनारमा भने।

“नेमार २८ बर्ष भएका छन् र काइलियन एम्बाप्पे मात्र २२।

“लगानीको रूपमा, सानो उमेरको खेलाडी [दुई मध्येको] ल्याउनु बढी तार्किक हुनेछ,” ब्राजिलियनले भने।