रियल म्याड्रिडले डेनमार्कका स्टार विंगर साइन गर्न सक्ने

ला लिगा क्लब रियल म्याड्रिड डेनमार्कका स्टार विंगर मिकेल डाम्सगार्डलाई साइन साइन गर्न इच्छुक रहेको खबर छ। हाल सम्म ट्रान्सफर विन्डोमा निष्क्रिय रहेको रियलको नाम डेनमार्कका स्टार विंगर सँग जोडिएको छ।

२१ वर्षका विंगर मिकेल डाम्सगार्डलाई €५० मिलियनमा साइन गर्न इच्छुक रहेको जानकारी छ। हाल उनी सिरी ए क्लब सम्पाडोरियामा रहेको छन् भने उनको खेल क्लबमा निकै राम्रो रहेको छ भने युरो २०२०मा पनि डाम्सगार्डले उत्कृष्ट प्रदर्शन गरे।

युरो २०२०मा डेनमार्कको अविस्मरणीय यात्रामा मिकेल डाम्सगार्डको पनि ठुलो भूमिका रहेको थियो भने हाल उनको प्रदर्शनको कारण उनको नाम ठुलो क्लबहरू सँग जोडिन सुरु भएको छ।

टट्टोस्पोर्टका अनुसार उनको लागि हाल सम्म सम्पाडोरियालाई धेरै प्रस्ताव आएको छ तर हाल सम्म सम्पाडोरियाले कुनै प्रस्ताव स्वीकार नगरेको जानकारी छ। उनको लागि सम्पाडोरियाले €५० मिलियन माग्ने खबर छ जुन रियल तिर्न इच्छुक हुने रिपोर्ट छ।

मिकेल डाम्सगार्ड साइन गर्न इच्छुक रहेको ला लिगा क्लबमा बार्सिलोना पनि रहेको छ भने प्रिमियर लिगका लिभरपुल र टोटनह्याम र सिरी एका इन्टर मिलान पनि रहेको जानकारी आउँदै गर्दा रियल पनि सो दौडमा सामेल हुने चर्चा छ।