“रियल म्याड्रिडले च्याम्पियन्स लिग किनेको हैन” टोनी क्रुस

रियल मेड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुसले खेलाडी किन्न चर्को खर्च गर्ने क्लबहरुतर्फ इंगित गर्दै त्यस्ता मान्छेहरुले प्रतिष्ठित च्याम्पियन्स लिगलाई किन्न नसक्ने बताएका छन् ।

स्मरणीय छ कि यस सिजन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा रियलले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको थियो । पिएसजी त्यहि क्लब हो जसले नेमारलाई किन्न १९८ मिलियन पाउण्डको विश्वकिर्तिमानी रकम खर्चिएको थियो ।

यद्यपि फुटबल इतिहासमा सबैभन्दा महँगो टोली भने म्यानचेष्टर सिटी हो । सिटीमा निकै खर्च गरिएका खेलाडीहरु सामेल छन् । सिटीलाई पनि लिभरपुलले क्वाटरफाइनल मै पराजित गरेको थियो । चर्चित इङ्गलिस आउटलेट एएसमा प्रकाशित खबर अनुसार जर्मन मिडफिल्डर क्रुसले रियलमा लगातार दुई च्याम्पियन्स लिगको उपाधि जितेका छन् । साथै क्रुसले बायर्न म्युनिखमा रहँदा सन् २०१२–१३ मा तेहोरो उपाधि समेत जितेका थिए ।

क्रुसको विचारमा यस किसिमको जित र सफलता पैसाले हासिल गर्न नसकिने बताउँछन् । मिडियासँगको कुराकानीका क्रममा उनले भनेका छन् “तपाईं च्याम्पियन्स लिग ट्रफी किन्न सक्नुहुन्न । यदि यस्तो हुने भए हामीले यो ट्रफी यतिपटक जित्ने सक्ने थिएनौं ।”