रियल म्याड्रिडले गुमायो शीर्ष स्थानमा जाने मौका

ला लिगामा रियल मड्रिडले भ्यालेन्सियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

हारको नजिक पुगेको रियलका लागि बेन्जिमाले अन्तिम समयमा गोल गर्दै रियलका लागि अंक खोसेका थिए ।

उनले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याउन सफल रहे ।

खेलमा अग्रता घरेलु टोली भ्यालेन्सियाले ७८ औ मिनेटमा कार्लोस सोलेरको गोलबाट लिएको थियो ।

बराबरीको नतिजासंगै रियल तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमायो ।

समान अंक भएपनि रियल मड्रिड बार्सिलोनासंग गोल अन्तरका आधारमा पछाडी परेको छ । बार्सिलोना ३५ अंक सहित शीर्ष स्थानमा छ । रियल बराबर अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

भ्यालेन्सिया २७ अंक सहित तालिकाको आठौं स्थानमा छ ।

रियल मड्रिड र बार्सिलोनाले एल क्लासिको खेल अगाडी आ आफ्नो खेलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आगामी बुधबार दुवै टिम क्याम्प नाउमा एल क्लासिकोको पहिलो लेग खेल्दैछन् ।

ग्यारेथ वेल रियलका लागि दोस्रो हाफमा मैदान छिरेका थिए । रियल पछिल्लो ११ खेलमा अपराजित छ ।

उनी पछिल्लो दुई हप्तामा पहिलो पटक मैदान उत्रिएका हुन् । तर बेल सेप्टेम्बर १ यता क्लबमा गोल विहिन छन् ।