रियल म्याड्रिडले खेले बराबरी, रोनाल्डोले गरे गोल

रियल म्याड्रिडले एटलेटिक क्लबसँग अङ्क बाडेको छ । रियल र एटलेटिक क्लबले १–१ को बरारी खेलेका हुन् । खेल सकिन ३ मिनेट छदा रियलका लागि रोनाल्डोले गोल गर्दै रियल म्याड्रिडको उद्दार गरेका हुन् ।

एटलेटिकको लागि खेलको १४ औं मिनेटमानै विलिएमसले गोल गरेको थियो । खेलमा फर्कन रियललाई निकै समय लाग्यो । रियलको धेरै प्रहारहरु खेर गएका थिए । रोनाल्डोले ८७ औं मिनेटमा गोल फर्काउदै रियललाई हारबाट बचाएका हुन् ।

बराबरी पछि रियल ६८ अङ्कका साथ लिगको तेस्रो स्थानमा यथावत रहेको छ भने एटलेटिक ४० अङ्क सहित लिगको १४ औं अर्थात् लिगको पछाडिबाट तेस्रो स्थानमा रहेको छ ।

https://goo.gl/images/uPkuD6