रियल म्याड्रिडले केही समयमा इडिन हाजाडको घोषणा गर्ने

रियल म्याड्रिडले अर्को केहि घण्टापछि इडिन हाजाड साइन गरेको घोषणा गने, स्पेनी टिभि च्यानल एल चिरिङ्गुइटो को अनुसार ।

एल चिरिङ्गुइटोको अनुसार रियल म्याड्रिडले चेल्सीका स्टार खेलाडी इडिन हाजाडलाई €१०० मिलियनमा भित्र्याउने छ ।

हाजाड, जसको अर्को बर्ष चेल्सीमा सम्झौता समाप्त हुन्छ, मङ्गलबार बेल्जियमसँग अन्तर्राष्ट्रिय ड्युटी रिपोर्टिङ गर्नु अघि रियल म्याड्रिड संग सम्झौता गर्न चाहन्छन ।