रियल म्याड्रिडले आफ्नो ६ खेलाडीहरू बेच्न

MADRID, SPAIN - NOVEMBER 06: Marcelo is substituted by Ferland Mendy of Real Madrid during the UEFA Champions League group A match between Real Madrid and Galatasaray at Bernabeu on November 06, 2019 in Madrid, Spain. (Photo by Angel Martinez/Getty Images)

ला लिगा क्लब रियल म्याड्रिडले आफ्नो ६ खेलाडीहरू ट्रान्सफर सुचीमा राखेको जानकारी छ। जनवरी ट्रान्सफर विन्डो धेरै नजिक रहेको छ र सो विन्डोमा रियलले आफ्नो खेलाडीहरू अफ-लोड गर्ने योजना बनाएको जानकारी छ र ६ खेलाडीहरू बेच्न रियल तयार रहेको छ।

उक्त ६ खेलाडीको सुचीमा ग्यारेथ बेल, इस्को, मार्सेलो, मारियानो डियाज, लुका जोभिक र एडन हजार्ड रहेको जानकारी छ।

बेल र इस्कोलाई रियलले बेच्ने छ भने मार्सेलोर रियल बिच सम्झौता अन्त्य हुने क्रममा रहेको छ र उनी गर्मीको ट्रान्सफर विन्डोमा फ्री एजेन्ट हुने छन् तर उनलाई अर्को महिनानै क्लब छोड्न अनुमति दिने खबर छ।

मारियानो डियाज, लुका जोभिक र एडन हजार्ड तिनै खेलाडीलाई रियलले अफ लोड गर्ने योजना लिएको जानकारी छ। हजार्डलाई प्रयोग गरेको रियलले अन्य खेलाडी भित्राउन सक्ने पनि चर्चा रहेको छ।

किलियन एम्बाप्पे र एन्टोनियो रुडिगरलाई रियलले फ्री एजेन्टमा भित्राउने योजना बनाएको छ र आफ्नो ६ खेलाडीहरू सम्म बेचेर रियलले आफ्नो तलब खर्च भने घटाउने जानकारी छ।