रियल म्याड्रिडले आफ्नो स्टार खेलाडी बेच्ने

रियल म्याड्रिड आउँदो गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो स्टार खेलाडी हामेज रोड्रिगेज बेच्न तयार रहेको खबर छ ।

कोलम्बियाली स्टारले २०१४ वर्ल्ड कपमा आफ्नो लागि धेरै नाम कमाए जस्मा उनले ६ गोल गर्दै गोल्डेन बुट बिजेता बनेका थिए।

२०१४को वर्ल्ड कप पछि उनि माथि धेरै क्लबले चासो दिएको थियो र अन्ततः रियलले उनलाई साइन गरे।

रियलमा केहि समय उनको राम्रो रहे पनि हाल उनको प्रदर्शन अपेक्षित जस्तो भएको छैन।

उनले दुई बर्ष बायर्न म्युनिकमा लोनमा बिताए र रियलमा फर्किए पनि उनले खेल समय पाएका छैनन्। अहिले सम्म हामेज रोड्रिगेजले मात्र १३ खेल खेलेका छन्। चोटको कारण पनि २८ बर्षका स्टारको क्यारियरमा असर परेको थियो।

र खबर अनुसार रियलले उनलाई आउँदो गर्मीको ट्रान्सफर विन्डोमा बेच्ने छ, उनको लागि रियल €४० मिलियन सम्म माग्ने खबर छ।

रियलबाट उनलाई युभेन्टसले साइन गर्न सक्ने पनि खबर आएको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ