रियल म्याड्रिडले आफ्नो स्टार खेलाडी एभरटनलाई बेच्दै

Close-up of waving flag with Real Madrid C.F. football club emblem Russian Federation

रियलले आफ्नो स्टार खेलाडी एभरटनलाई बेच्दै गरेको खबर छ। खबर अनुसार रियलले जेम्स रोड्रिग्जलाई एभरटनमा बेच्ने छ र जेम्स पनि रियल छोड्न तयार रहेका छन् उनले रियलमा धेरै खेल समय पाएका छैनन् र हाल प्रिमियर लिग क्लबमा जाने उनको तयारी देखिन्छ।

एभरटनमा जान उनले आफ्नो तलब माग पनि घटाएको खबर छ एभरटनमा उनको कार्लो एन्सेलोटी संग पूर्ण-मिलन हुने छ। एन्सेलोटी रियलमा हुँदा नै रियलले जेम्स रोड्रिग्जलाई साइन गरेको थियो।

२०१४को विश्वकपमा उनको उत्कृष्ट खेलको कारण धेरैले उनलाई साइन गर्न प्रयास गरेको थियो र रियल सो प्रयासमा सफल भएको थियो तर २९ बर्सका खेलाडी हाल रियल खुसी नरहेको देखिन्छ र उनि अब एभरटनमा जाने क्रममा छन्।