रियल म्याड्रिडले आफ्नो पूर्व खेलाडीलाई €५० मिलियनमा फेरी साइन गर्न सक्ने 

रियल म्याड्रिड आफ्नो पूर्व खेलाडी अच्राफ हाकिमीलाई इन्टर मिलानबाट पूर्ण साइन गर्न इच्छुक रहेको खबर छ।

क्याल्सेओमरकाटोको एक रिपोर्टका अनुसार रियल म्याड्रिडले ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा इन्टरबाट पूर्व डिफेन्डर अच्राफ हाकिमीलाई पुनः साइन गर्ने योजना बनाएको छ। भर्खरै सिरी ए जितेको इन्टर मिलान पनि उनको बिक्रीको लागि खुला हुने खबर छ हाल इन्टर आर्थिक समस्यामा रहेको र हाकिमीलाई बेच्न इन्टर इच्छुक रहेको खबर छ।

हाकिमी रियाल म्याड्रिडका युवा एकेडेमी आएका थिए र २०१७मा उनी रियलको पहिलो टिम सेटअपमा प्रवेश गरे। यद्यपि, रियलमा डेनि कारभाहाल पहिलो रोजाई रहेको कारण उनी २ वर्षको लागि डार्टमन्डमा लोनमा गए। जर्मनीमा उनको खेल निकै राम्रो रहेको थियो भने २०२०मा २२ वर्षका फुल ब्याक इन्टरमा गए।

इन्टरमा पनि उनको निकै राम्रो खेल रह्यो भने इन्टर सँग उनले हाल लिग जितेका छन्। ४४ खेलमा उनले ७ गोल र १० असिस्ट गरेका छन्।

हाल खबर अनुसार रियल उनलाई फेरी साइन गर्नका इच्छुक छ र उनको हाल मूल्य €५० मिलियन हुने छ। फ्रेन्च क्लब पिएसजीको नजर पनि उनी माथि रहेको खबर छ भने हालको आर्थिक समस्याको कारण इन्टरले उनलाई बेच्ने पनि कुरा छ।