रियल म्याड्रिडले आज रेञ्जरको सामना गर्ने

एजेन्सी, रियल म्याड्रिडले आज रेञ्जरसंग मैत्रीपुर्ण खेल खेल्दै छ । कार्लो एन्सिलोटिको टोलिले प्रि-सिजनको तेश्रो खेलमा स्कटिश क्लब रेञ्जरसंग खेल्न लागेको हो ।

‘ लस ब्ल्यान्कस ‘ले ५०४ दिन पछि पहिलो पटक दर्शकको अगाडि खेल्न लागेको हो । आइब्र्क्समा १२००० दर्शक आउने अनुमान गरेको छ ।

फुटबलमा युरो कप देखीनै दर्शकलाई रंगशालामा प्रवेशको अनुमती दिएको थियो । यस्तै, स्कटल्याण्डले रेञ्जरलाई २५% दर्शकलाई मैदान प्रवेशको अनुमती दिएको छ ।

रियलले पछिल्लो पल्ट दर्शक सामु २०२० मार्चमा मैदान उत्रेका थिए । उक्त खेलमा रियल बेटिसलाइ उसैको मैदान हराउन सफल भएको थियो ।