रियल म्याड्रिडलाई लिग जित्न जतिल छ- जिदान

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान आफ्नो टोली ला लिगाको चुनौतीमा रहेकोमा आशाबादी छन।

फ्रान्सेली प्रशिक्षकको टिमले २०२० को पहिलो खेल गेटाफे माथि शानदार ३-० को जीत दर्ता गराउन सफल रहयो। उनले ला लीगामा गेटाफेसँग अरु ठुला टोलीलाई खेल्न गाह्रो हुने भन्दै आफ्नो टिमले राम्रो प्रदशन गरेको जनाए।

रियलले २०१९ को अन्त्य बार्सिलोना भन्दा २ अंक कम जोडेको थियो अंक तालिकामा। जिदानलाई आफ्नो खेलाडीहरुले आगामी खेलहरुमा लड्नेमा विश्वाशत छन।

“यहाँ गेटाफेमा खेल्न सधैं गाह्रो हुन्छ,” उनले मार्काको पत्रकारलाई भने।

“हामीलाई थाहा थियो यो गाह्रो हुनेछ, तर हामीले जित्यौ, र यो महत्त्वपूर्ण जित हो।”

“अगाडि रहेका चुनौतिहरूको लागि राम्रो शुरुआत गर्नु महत्त्वपूर्ण छ, किनकि हामीलाई थाहा छ लीग जित्न कति जटिल छ।”

“खेलाडीहरू आज जीत लायक थिए, किनकि तिनीहरूले पहिलो मिनेटबाट राम्रो खेलेका थिए।”

लस ब्लान्कोसले अब स्पेनको सुपरकोपाका लागि साउदी अरेबिया जाने क्रममा ला लिगाको कार्यबाट विश्राम लिने छन। तर स्पेनमा फर्किए पछि उनीहरूले धेरै खेल खेल्नुपर्ने हुन्छ।