रियल म्याड्रिडलाई भ्यालेन्सियाको चुनौती

एजेन्सी । रियल म्याड्रिडले ला लिगा अन्तर्गत २०२२ को पहिलो घरेलु खेलमा आज भ्यालेन्सियाविरुद्ध खेल्दै छ । पछिल्लो लिग खेलमा गेटाफेसंगको हार बिर्सदै यो खेल जित्न चाहन्छ ।

युनालको गोलमा रियल गेटाफेसंग पराजित हुन पुगेकी थियो ।

रियल म्याड्रिडको जारी लिगमा यो दोश्रो हार हो ।

यद्यपि, रियल लिग तालिकामा शिर्ष स्थानमा छ । उसको दोश्रो स्थानको सेभिया भन्दा ५ अंक अगाडि छ भने एक खेल बढी खेलेको छ ।

त्यस्तै, रियलको प्रतिद्वन्दी भ्यालेन्सिया भने लिगमा औसत प्रदशन गर्दै १९ खेलमा २८ अंक जोड्दै नौं स्थानमा छ ।