रियल म्याड्रिडलाई पछि पार्दै पिएसजीले युवा स्टार साइन गर्न सक्ने

ला लिगा क्लब रियल म्याड्रिड रेनेसका युवा मिडफिल्डर इडुवार्डो कामाभिन्गालाई साइन गर्ने योजना बनाउँदै गर्दा रियललाई पछि पार्दै फ्रेन्च क्लब पिएसजीले उनलाई साइन गर्न सक्ने चर्चा छ।

मार्काका अनुसार हाल आर्थिक समस्याबाट प्रभावित रहे पनि रियल इडुवार्डो कामाभिन्गा साइन गर्नबाट पछि पर्न तयार छैन र युवा स्टार साइन गर्न रियल धेरै उत्सुक रहेको खबर आउँदै गर्दा कामाभिन्गा भने फ्रेन्च क्लब पिएसजीमा जान इच्छुक रहेको खबर छ।

१८ वर्षका युवा फ्रेन्च मिडफिल्डर साइन गर्न रियल धेरै समय देखि इच्छुक थियो र आउँदो समय रियलको ट्रान्सफर योजनामा उनी एक महत्त्वपूर्ण खेलाडी हुने खबर थियो भने उनलाई साइन गर्न अर्सेनल, बायर्न म्युनिख जस्ता क्लब पनि इच्छुक थिए भने हाल सो दौडमा पिएसजी पनि सामेल हुने जानकारी छ।

 

१८ वर्षका कामाविन्गाको खेल निकै राम्रो छ भने उनले फ्रेन्च राष्ट्रिय टिमबाट पनि डेब्यु गरेका छन्।

उनलाई साइन गर्न धेरै क्लबहरु रहेको बेला ला लिगा क्लब रियल म्याड्रिडको नजर धेरै समय देखि उनी माथि रहेको छ।

रेनेस सँग कामाविन्गाको सम्झौतामा १ वर्ष मात्र बाँकी रहेको छ र उनलाई फ्री एजेन्टको रुपमा क्लब छोड्नबाट रोक्न रेनेस आउँदो ट्रान्सफर विन्डोमा उनलाई बेच्न बाध्य हुने छ।