रियल म्याड्रिडलाई पछि पार्दै १९ वर्षका ब्राजिलियन वन्डरकिड साइन गर्दै युभेन्टस

हाल ब्राजिलमा १९ वर्षका कायो जर्जको धेरै चर्चा हुदै छ। सान्तोसका वन्डरकिड फुटबलको नयाँ सुपरस्टार बन्ने धेरैको विश्वास रहेको बेला उनलाई साइन गर्ने तयारीमा सिरी ए क्लब युभेन्टस रहेको छ।

१९ वर्षका युवा स्टारको तुलना सान्तोसकै पूर्व स्टार नेमार सँग हुने गरेको छ। सान्तोस ब्राजिलमा युवा स्टार उत्पादन गर्नको लागि धेरै प्रसिद्ध छ र हाल १९ वर्षका कायो जर्जको धेरै चर्चा हुने गरेको छ। खबर अनुसार उनलाई साइन गर्न युभे नजिक पुगेको छ र उनी सँग क्लबको वार्ता पनि भएको छ।

उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिडले पनि चासो देखाए पनि हाल खबर अनुसार युभेन्टस उनलाई साइन गर्न नजिक रहेको छ।

कायो जर्जलाई साइन गर्न युभेन्टसले €६ मिलियन र थप केही रकम तिर्ने खबर छ भने युभेका कोच म्याक्स एलेग्री उनको फ्यान रहेको खबर छ।