रियल म्याड्रिडलाई पछि पार्दै स्टार युवा स्ट्राइकर साइन गर्ने म्यान सिटीको योजना

रियल म्याड्रिड म्यानचेस्टर सिटी संग आफ्नो मुख्य ट्रान्सफर लक्ष्य गुमाउने सम्भावित जोखिमको सामना गर्दै गरेको खबर छ। स्काई ब्लूज बोरुसिया डर्टमन्डका स्टार एर्लिङ हालान्ड साइन गर्न सबै प्रयास गर्न तयार रहेको खबर छ।

हाल एर्लिङ हालान्ड विश्व फुटबलमा एक उत्कृष्ट युवा प्रतिभा मध्ये एक रहेका छन् र उनि माथि धेरै क्लबको चासो रहेको छ। उनको गोल गर्ने क्रम जारी रहेको छ भने च्याम्पियन्स लिगमा उनको उत्कृष्ट प्रदर्शनले धेरै क्लबहरुको नजर उनि माथि परेको थियो। रियल, बार्सा, युनाइटेड, र सिटी जस्तो क्लब उनिमा इच्छुक रहेका छन्।

रियलमा रोनाल्डोको प्रस्थान पछि रियललाई गोल स्कोररको आवश्यक रहेको छ र हालान्डले सो ठाउँ लिन सक्ने रियलको विश्वास रहेको छ।

यद्यपि, रिपोर्टहरूका अनुसार म्यानचेस्टर सिटीले अर्को गर्मीमा हालान्डलाई साइन गर्न सम्भावित रूपमा सबै प्रयास गर्ने कुरा छ। हाल सिटी पनि प्रिमियर लिगमा गोल स्कोररको कमिको सामना गरिरहेका छन, तथापि सिटीको योजनायुवा स्ट्राइकरलाई साइन गर्ने रहेको छ। हालान्ड सर्जियो अग्वेरोको दीर्घकालीन विकल्प हुने सिटीको विश्वास रहेको छ।