प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी क्रोएसियाका स्टार सेन्टर-ब्याक जोस्को ग्वार्डियोललाई साइन गर्न धेरै इच्छुक रहेको छ तर उनलाई साइन गर्न सिटीले रियल म्याड्रिड र चेल्सी सँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको छ जसको लागि सिटी तयार रहेको रिपोर्ट छ।
🚨 Manchester City are preparing an XXL offer for Joško Gvardiol! 🇭🇷
An offer of around €125-130m, bonus included, is being prepared, with a salary of €11-12m/year.
This is the only way they can beat Real Madrid to his signature.
(Source: @AlfredoPedulla) pic.twitter.com/TN25cTL18s
— Transfer News Live (@DeadlineDayLive) December 15, 2022
जारी विश्व कपमा क्रोएसियाका डिफेन्डर जोस्को ग्वार्डियोलको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने उनले यो वर्षको विश्व कपमा क्रोएसियालाई सेमी फाइनल सम्म लग्न ठुलो भूमिका खेले र उनको फमको कारण धेरै ठुलो क्लबहरूको नजर उनी माथि पर्न सुरु गरेको छ।
हाल आरबी लाइपजिगमा खेल्दै गरेका जोस्को ग्वार्डियोललाई साइन गर्न म्यान सिटी इच्छुक रहेको छ र उनको लागि सिटी €१२५-१३० मिलियन सम्मको ट्रान्सफर सुल्क तिर्दै ग्वार्डियोललाई प्रति वर्ष €११-१२ मिलियनको तलब दिन तयार रहेको जानकारी छ।
सिटी सहित उनलाई साइन गर्न ला लिगा क्लब रियल म्याड्रिड र प्रिमियर लिग क्लब चेल्सी पनि इच्छुक रहेको छ र सिटी भन्दा रियल र चेल्सी उनलाई साइन गर्ने दौडमा अघि रहेको बेला सिटी उनलाई साइन गर्न ठुलो खर्च गर्न तयार हुने रिपोर्ट छ।
🚨 Real Madrid and Chelsea are the most interested in Joško Gvardiol.
Both clubs have already submitted offers, but his price has gone through the roof because of his World Cup form.
(Source: @DiMarzio) pic.twitter.com/aFig3AMnAp
— Transfer News Live (@DeadlineDayLive) December 15, 2022
स्टार सेन्टर-ब्याकले हाल सम्म जर्मन क्लब आरबी लाइपजिगको लागि ६५ खेल खेलेका छन् र उनले सो क्रममा ३ गोल र ४ असिस्ट पनि गरेका छन्। २० वर्षको उमेर मै उनी क्रोएशिया र लाइपजिगको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्।