
ब्राजिलियन क्लब पाल्मिरासका वन्डरकिड एन्ड्रिकलाई साइन गर्न ला लिगा क्लब धेरै इच्छुक रहेको बेला उक्त दौडमा प्रिमियर लिग क्लब चेल्सी पनि सक्रिय भएको छ।
Chelsea host Endrick at training ground as Silva is tasked with helping transfer https://t.co/z7ggWp0oTz
— The Sun – Chelsea (@SunChelsea) November 11, 2022
१६ वर्षीय एन्ड्रिकले पाल्मिरासको पहिलो टोलीसँग ६ खेल मात्र खेलेका छन्, तर उनले आफ्नो शारीरिकता र प्रतिभा देखाउन जारी राखेका छन् जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि रहेको बेला रियल म्याड्रिड उनलाई साइन गर्ने दौडमा धेरै सक्रिय रहेको थियो।
रिपोर्ट अनुसार चेल्सीले एन्ड्रिक र उनको परिवारलाई लन्डन ल्याउँदै उनलाई चेल्सीको प्रशिक्षण स्थलको भ्रमण गराएको छ र चेल्सीका ब्राजिलियन स्टार थियागो सिल्भाले पनि उनलाई क्लबमा भित्राउन चेल्सीको मद्दत गर्दै गरेको जानकारी छ।
१६ वर्षीय सेन्टर फोवार्डको खेल निकै राम्रो रहेको छ भने उनी माथि निगरानी राख्न र उनी सँग वार्ता गर्न रियल म्याड्रिडले आफ्नो कोचलाई ब्राजिल पनि पठाएको थियो।
Real Madrid, PSG, Chelsea. Race on for Endrick. Nothing changed and nothing agreed or decided, yet. ⤵️ https://t.co/zDvcrVScDz
— Fabrizio Romano (@FabrizioRomano) November 11, 2022
चेल्सी र रियल म्याड्रिड सहित बार्सिलोना र पिएसजी पनि उक्त ब्राजिलियन वन्डरकिडलाई साइन गर्न धेरै इच्छुक रहेको छ। उनलाई बेच्न ब्राजिलियन क्लब तयार हुने जानकारी रहेको छ भने उनको लागि ३५-४० मिलियन युरो सम्मको माग पाल्मिरासले गर्न सक्ने छ।
एन्ड्रिकले हाल सम्म पाल्मिरासको सिनियर टिममा मात्र ६ खेल खेलका छन् तर उनले पाएको ६ खेलको अवसरमा ३ गोल गरिसकेका छन्। उनले ब्राजिलको यु१७ राष्ट्रिय टिममा पनि खेलेका छन् भने उनले यु१७ राष्ट्रिय टिमको लागि ४ खेलमा ५ गोल गरेका छन्।