लाजियोका स्टार मिडफिल्डर सर्जेज मिलिन्कोभिक-सेभिक साइन गर्न चासो देखाउन लिभरपुल नयाँ क्लब रहेको छ।
Liverpool rival Real Madrid for potential £63million transfer: https://t.co/h54iRpuuYN
— LFC News (@LFCNewsApp) November 29, 2020
सर्बियाका स्टार मिडफिल्डरको प्रदर्शन सिरी एमा निकै राम्रो रहेको छ धेरै क्लबले उनि माथि चासो देखाएको थियो। लाजियो उनलाई जनवरीमा राम्रो रकममा बेच्न तयार हुने खबर हुँदा रियल उनलाई साइन गर्न इच्छुक रहेको थियो भने अब लिभरपूल रियल म्याड्रिडलाई पछि पार्दै उक्त स्टार साइन गर्न तयार रहेको खबर छ।
खबर अनुसार क्लोप मिलिन्कोभिक-सेभिकलाई साइन गर्न इच्छुक रहेका छन् र £६३ मिलियन तिर्न लिभरपूल तयार हुने छ। रेडसले थिएगो अल्कान्ट्रा हस्ताक्षर साइन गरेको थियो, तर पनि त्यस क्षेत्रमा थप सुधारको लागि ठाउँ हुन सक्ने क्लोपको विश्वास रहेको खबर छ।
त्यसमाथि, जर्जिनियो विज्नाल्डमको सम्झौता अन्त्य हुन लागेको छ, र जेम्स मिलनरको उमेर पनि ३४ पुगी सकेको छ र छिट्टै नै त्यस ठाउँमा परिवर्तन गर्नु आवश्यक हुने छ।